
काठमाण्डौँ भदाै ३, साहित्यको विकास अनि विस्तारसँगै, सामाजिक सेवामा समर्पित संस्था साहित्यिक चौतारी नेपालले यसपटक थोरै नौलो तर संवेदनशील लोपोन्मुख भाषाहरूका बारेमा विशिष्ट व्यक्तित्वहरूका उपस्थितिमा भाषा-विमर्श तथा मातृभाषा रचना वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चार मातृभाषाका कवि वाचकहरूलाई समेट्ने तयारी रहेकाे कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीकाे प्रमुख आतिथ्यतामा रहनेछ भने कार्यपत्र प्रस्तोताको रूपमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राई उपस्थित हुने तयारी रहेको साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष गीता भण्डारीले जानकारी दिनुभयो ।
आउँदाे शनिवार बेलुका ७ बजे भर्चुअल माध्यमबाट आयाेजना हुने कार्यक्रम साहित्यिक चौतारी नेपालको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने तयारी रहेकाे आयाेजकले बताएको छ। कार्यक्रममा साहित्यिक चौतारी नेपालका वरिष्ठ सल्लाहकार द्वय संस्कृत विश्व विश्वविद्यालयका शिक्षाध्यक्ष, समालोचक भीम खतिवडा र प्राज्ञ सदस्य साहित्यका सबै जसो विधामा पाेख्त व्यक्तित्व देवी नेपालज्यूकाे समेत उपस्थिति रहने छ ।
कार्यक्रममा अतिथि वक्ताको रूपमा क्रमश डा. विदुर चालिसे, उमाशङ्कर द्विवेदी, डा. शैलजा पोखरेल रहनुहुनेछ भने भोजपुरी भाषामा शिवु मुर्मुलाई,सन्थान भाषामा अज़मत अली अंसारीलाई , तामाङ भाषामा माधव खतिवडालाई र डाेटेली भाषामा पिङ्की बोहरालाई उपस्थित बनाउने तयारी रहेको साहित्यिक चौतारी नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।