दाङ बिशेषबबई गाउँपालिकास्थानीय समाचार

पाँच बर्षिय रणनीतिक याेजना निर्माण कार्यक्रम हापुरेमा सुरु

हापुरे,भदौ २९/ नमस्ते बबई बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे ५ बर्षिय रणनीतिक याेजना निर्माण कार्यक्रम बबई गाउँपालिकाकाे हापुरेमा सुरु भएको छ। नमस्ते बबई बचत तथा ऋण सहकारी संस्थाकाे आयाजनामा जनमुखी बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड हापुरेकाे सभाहलमा बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।

नमस्ते बबई बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अन्जन कुमार पाैडेलकाे अध्यक्षता तथा जनमुखी बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था हापुरेका अध्यक्ष बिकाशराज बालान क्षेत्रीकाे प्रमुख आतिथ्यता तथा बंबई ४ का वडाध्यक्ष टेक बहादुर वली, रेडियो हापुरेका कार्यालय प्रमुख राम प्रसाद सुवेदी लगायतको उपस्थितिमा कार्यक्रमकाे उद्घाटन गरिएको हाे ।

भाेलिसम्म चल्ने कार्यक्रममा नमस्ते बबई बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे ५ बर्षे रणनीतिक याेजना निर्माण गर्ने बताईएकाे छ। कार्यक्रमकाे प्रशिक्षकको रुपमा बेद भट्टराई रहनुभएकाे छ । कार्यक्रममा नमस्ते बबई बचत तथा ऋण सहकारी संस्था लि. मा आबद्ध सम्पूर्ण पदाधिकारीहरुकाे उपस्थिती रहेको छ ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds