दाङ बिशेषसमाचारस्थानीय समाचार

युवा संघ शान्तिनगरकाे अध्यक्षमा के.सी सचिवमा कुसारी

शान्तिनगर भदाैं ३१ / राष्ट्रिय युवा संघ नेपाल शान्तिनगर शाखाकाे अध्यक्षमा गणेश के.सी (बेगम) र सचिवमा पुर्ण बिवस कुसारी चयन हुनुभएको छ ।राष्ट्रिय युवा संघ नेपाल शान्तिनगर शाखाकाे भेलाले अध्यक्षमा के.सी र सचिवमा कुसारीलाई चयन गरेकाे हाे ।

राष्ट्रिय युवा संघ नेपाल शान्तिनगर शाखा अध्यक्ष राकेश बुढाथोकीको अध्यक्षता,नेकपा एमाले दाङ जिल्ला सदस्य बिष्णु के.सीकाे प्रमुख आतिथ्यता तथा राष्ट्रिय युवा संघ नेपाल दाङ शाखा अध्यक्ष देवु बस्नेतकाे बिशिस्ट आतिथ्यतामा भेला सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै नेकपा एमाले दाङ जिल्ला सदस्य प्रेम वलीले राष्ट्रिय युवा संघ नेपालले पछिल्लाे समय देशभर सक्रिय रुपमा काम गरिरहेको र जनता माझ लाेकप्रिय संगठनका रुपमा स्थापित हुँदै गएको बताउदै शान्तिनगर शाखा समेत सकृय रुपमा लागीपर्ने बिस्वास ब्यक्त गर्नुभयो । कार्यक्रमकाे सञ्चालन पुर्ण विवस कुसारीले गर्नुभएको थियाे ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds