दाङ बिशेषबबई गाउँपालिकासमाचारस्थानीय समाचार

मथुरा सल्लिकोट सामुदायिक बनमा नयाँ कार्यसमिति चयन

हापुरे असोज,२

दाङको बबई गाउँपालिका ४ र ५ मा रहेको मथुरा सल्लिकोट सामुदायिक बन उपभोक्ता समुहको नयाँ कार्यसमिति चयन गरिएको छ। बालिराम खत्रीको अध्यक्षतामा सर्वसहमत ९ सदस्यीय नयाँ कार्यसमित चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा खिम बहादुर रोका सचिवमा अमृता बिक, कोषाध्यक्षमा गिता खड्का, सहसचिवमा खिमराज पौडेल चयन हुनुभएको छ । नयाँ कार्यसमिति सदस्यहरुमा पिमा अधिकारी,हिमा वली,ठेर बहाुर वली र राम वहादुर घर्ती रहनु भएको छ।

सामुदायिक बनका अध्यक्ष शारदा शाहाको अध्यक्षता, बबई गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टिकाराम खत्रीको प्रमुख आतिथ्यता र बबई गाउपालिका कार्यपालिका सदस्यीय भिमा बुढाथोकी तथा पुरन्धारा सवडिभिजन बन कार्यालय प्रतिनिधि हिरा वलीको बिशिस्ट आतिथ्यामा कार्यक्रम सम्पन्न भएको हो ।

समितिका सहसचिव अमृता बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस बबईका सचिव गणेश के। सी , नेकपा एमाले बबई सचिवालय सदस्य खलु वली,नेकपा माओवादी केन्द्र बबईका सचिवालय सदस्य तथा वडा नम्बर ४ का ईन्चार्ज पदम बहादुर खड्का, जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हापुरेका अध्यक्ष बिकसराज बालान, लोकतान्त्रिक प्रावि का बिधालय ब्यबस्थापन समिति अध्यक्ष दिल बहादुर घर्ती, सामुदायिक बनका पुर्व अध्यक्ष हरी प्रसाद शास्त्री लगायतकाले बोल्नुभएको थियो।

Mata manakamanaसचिव लालमनी पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनमा सामुदायिक बनको गत असार मसान्तसम्म ५ लाख ४० हजार २६ रुपैयाँ ६५ पैसा मौज्दात रहेको देखिएको छ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds