दाङ बिशेषबबई गाउँपालिकाराजनीतिसमाचारस्थानीय समाचार

दाङ क्षेत्र नं. तीन ख मा माओबादीबाट हापुरेका मास्केकाे एकल नाम सिफारिस

सुहाना सुनार,

हापुरे, असाेज ३ / नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नम्बर ३ ख काे बैठक शान्तिनगरकाे रगैचामा सम्पन्न भएको छ। बैठकले प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्य धन बहादुर मास्के (राजेश) लाई सर्वसहमतरुपमा उमेदवार सिफारिस गर्ने निर्णय गरेकाे छ।

आगामी मंसिर ४ हुने प्रदेश सभा सदस्यको निर्वाचनको लागि दाङको बबई गाउँपालिका हापुरेका मास्केलाई उमेदवार बनाउने सर्वसहमतले निर्णय भएकाे र उम्मेद्वारका रुपमा सिफारिस गरिएको नेकपा माओबादी केन्द्रका नेता जंगबहादुर पुनले जानकारी दिनु भयाे ।


नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ३ ख का अध्यक्ष खर्क सुनारकाे अध्यक्षता,माओवादी केन्द्रका केन्द्रीय सदस्य धन बहादुर मास्के राजेशकाे प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य भिम बहादुर वली ड्राइभरकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न बैठककाे सञ्चालन नेब वहादुर राेकाले गर्नुभएको थियाे ।

Mata manakamana

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds