
हापुरे, असाेज ४/ बिगत करिव २९ बर्ष देखि हापुरे बजार संगै आसपासका क्षेत्रमा डाेकाेमा केरा बेचेर आफ्नाे दैनिकी चलाउदै आउनुभएकि बबई ४ हस्तनापुरकी हरिकुमारी बि.क काचो केराकाे डाेका बिसाएर सितल ताप्दै गरेकाे अवस्थामा भेटिनुभयाे । बि.स २०४९ सालदेखि गाउँघरमा गएर काचाे केरा खरिद गर्ने र त्यसलाई पकाएर फेरी डाेकाेमै बाेकेर हापुरे बजार देखि गाउँघरसम्म पुराउने बिक आज पनि काचो केरा खरिद गरेर घर फर्कदै हुनुहुन्थ्यो ।बिकले ले निराश हुँदै भन्नुभयाे याे पेसा बाध्यताले अङ्गालेकी हु। घरमा श्रीमान अशक्त भएको बताउने बिकले केरा बेचेरै जसाेतसाे श्रीमान र आफ्नाे साझ बिहानकाे छाक टार्नुहुन्छ। सुरुवातमा १ रुपैयाँकाे २ काेसा बिक्ने केराकाे मुल्य अहिले १२० देखि १३० रुपैयाँ दर्जन सम्म पुगे तर बिककाे दैनिकी फेरिएको छैन।
पसलमा १५० रुपैयाँ १६० रुपैयाँ सम्म हालेर केरा खरिद गर्ने ग्राहकहरु आफुले १२० देखि १३० रुपैयाँ दर्जन सम्म घरमै पुराइदिदा पनि अझै महङ्गो भयाे भन्ने गरेकाे उहाँ बताउनुहुन्छ।
पसलका ब्यापारी र सडकमा हिड्ने ब्यापारीलाई हेर्ने दृष्टिकोण समान हुन नसकेको बिककाे भनाइ छ।

सुर्खेत चिसापानी स्थाई घर भई हाल बबई ६ मा ससुराली घरमा बस्दै आउनुभएका सन्जु परियारकाे दैनिकी पनि त्यति सजिलो छैन परियार बिहानै ५ बजे उठेर पैदल हिडेर हापुरे बजार पुग्नुहुन्छ र आइस्क्रिमकाे रिक्सा डाेर्याउदै बजार देखि गाउँघरसम्म दिनभर आईस क्रिम बेच्नुहुन्छ ।
गाउँमा गुजारा नभएपछि स- परिवार ससुराली आउनुभएका परियारले कहि कतै केहि काम नभेटिएपछी रिक्सा गुडाएर आईसक्रिम बेच्ने बाटाे राेज्नुभयाे तर त्यसले पनि परिवार पाल्न गाह्रो छ। परियारले साहुबाट ठेक्का लिएको आइस्क्रिमकाे १०० रुपैयाँ बराबरको ब्यापार गर्नुभयो भने ३५ रुपैयाँ कमाउनुहुन्छ ।
दिनभर दुखगर्दा कहिलेकाहीँ त २ सय सम्म पनि कमाई नभएको तिताे अनुभव छ परियार संग । बाध्यता र बिबस्ताले सताएको अवस्थामा पनि श्रम गरेर जिन्दगी गुजार्ने संकल्प बाेकेर संघर्षरत बि.क र परियार जस्तै लाखौं मजदुरहरु प्रति उच्च सम्मान छ।