भिडियो

उन्तीस ओैं बिश्व अल्जाईमर्स चेतना दिवस हापुरेमा मनाईयाे

हापुरे, असाेज ५ / दाङको बबई गाउँपालिकामा २९ ओैं अल्जाईमर्स चेतना दिवस शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरि मनाईएकाे छ। जेष्ठ नागरीक संघ बबईकाे आयाेजना तथा बबई गाउँपालिका महिला बालबालिका तथा सामाजिक बिकाश शाखाको समन्वयमा बिस्मृती राेगबारे जानाैं र बुझाैं भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा जेष्ठ नागरिक संघ बिच शुभकामना आदानप्रदान संगै हापुरे प्राथमिक अस्पतालका प्रमुख डा. सन्दिप शर्माले बिस्मृती राेगबारे जेष्ठ नागरिकहरुलाई प्रशिक्षण दिनुभएको बबई गाउँपालिका महिला बालबालिका तथा सामाजिक बिकाश शाखा प्रमुख ईश्वरा रावतले जानकारी दिनुभयाे ।

जेष्ठ नागरीक संघ बबईका अध्यक्ष शिवलाल भुषालकाे अध्यक्षता बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्काकाे प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलकाे बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बबई गाउँपालिकाका ७ वटै वडाका वडाध्यक्ष,जेष्ठ नागरिक संघ बबई तथा ७ वटै वडाका जेष्ठ नागरिक संघका प्रतिनिधि पत्रकार लगायतकाकाे उपस्थिति थियाे ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds