दाङ बिशेषसमाचार

घोराही कारागारका कैदीबन्दीलाई पाँच दिने सीपमुलक तालिम

घाेराही,असोज ६
दाङको घोराही कारागारमा रहेका कैदीबन्दीलाई ५ दिने सिपमुलक तालिम घाेराहीमा सुरु भएको छ। कारागार कार्यालय घोराहीको आयोजना तथा समाज कल्याण केन्द्र दाङको समन्वय एवम् घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोग र नयाँ पाईला पुर्नस्थापना केन्द्रको सौजन्यमा पाँच दिने सीपमुलक तालिम शुरु गरिएको बताइएको छ ।

समाज कल्याण केन्द्रकि अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यमा बुधबारबाट सीपमुलक तालिम शुरू भएको हो । कार्यक्रममा जेलर बासुदेव खनालले गाँस, बास र कपासको व्यवस्थामा कैदीबन्दीको अधिकारको विषय भएकाले उनीहरुलाई कानुनले वर्जित गरेको विषय बाहेक अरु कुरामा स्वतन्त्रता दिनुपर्ने मान्यताका साथ अहिले काम भईरहेको बताउनुभयो । कैदीबन्दीहरुलाई दण्डगृह, अपराध गृह नभई चेतना गृह, सुधार गृहका रुपमा स्थापित गर्दै मानिस बनाउन आचरण सुधारसँगै नैतिकवान बनाउने काम भईरहेको उहाँको भनाई छ ।

कारगारमा रहेका ३ सय २४ जना कैदीबन्दी मध्ये केहीले अहिले पनि सीपलाई उत्पादनसँग जोडेर मासिक १० हजारदेखि ४० हजार रुपैयाँसम्म कमाउँदै आएको हुँदा सबै व्यक्ति कुनै न कुनै सीपमा जोडिन सके भोलिका दिनमा समाजमा सहज रुपमा बाँच्न सक्ने अपेक्षाका साथ यो अभियान अघि बढाइएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।Mata manakamana

सीप सिकेर आगामी जीवन सफल बनाउन सकिने धारणा राख्दै उहाँले काराबास जीवनलाई सीपयुक्त बनाउँदै भोलि समाजमा जाँदा सक्षम व्यक्ति बनेर जान आग्रह गर्नुभयो ।मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेतले सजाय भुक्तानपछि परिवार र समाजमा अन्तरघुलन हुने वातावरण बनाउन व्यक्ति सक्षम हुनुपर्ने बताउनुभयो ।

कैदीबन्दीहरुले मैनवत्ती, अगरबत्ती, सरफ बनाउने तालिम लिनेछन् । तालिमको मुख्य प्रशिक्षकमा विष्णु थापा रहनुभएको छ । केन्द्रिकी सदस्य पार्वता योगीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण विन्दु दाहालले गर्नुभएको थियो ।।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds