दंगीशरण, असाेज ७ / समाजमा बाताबरणिय शिक्षा सिड संस्थाको आयोजनामा बाल बिबाहा तथा लैङ्गिक हिंसाकाे जाेखिमममा रहेकाका लागि दुई दिने पशुपालन ब्यबसाय सुधार तालिम दंगिशरणमा सम्पन्न भएको छ। आईएम नेपालकाे सहयाेगमा सञ्चालित तालिममा शान्तिनगर र दंगिशरण गाउँपाालिकाका २५ जना महिला दिदिबहिनीहरुकाे सहभागीता रहेको थियाे।

समाजमा बाताबरणिय शिक्षा सिड संस्थाका कार्यक्रम संयाेजक उमेश खरेलकाे अध्यक्षता,दंगिशरण गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा दंगिशरण गाउँपालिका सामाजिक बिकाश संयाेजक राेशन जंग शाहाकाे प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि शाहले पशुपालन ब्यबसायकाे तरिका बदल्नुपर्ने धारना राख्नेभयाे परम्परागत रुपमा गरीरहेकाे पशु पालन ब्यबसायलाई छाेडेर सानाे लगानी भएपनि ब्यबसायिक रुपमा पशुपालन गर्न सके अार्थिक लाभ लिन सकिने उहाँको भनाइ थियाे । समुदाय संग स्थानिय सरकार सदैव साथमै रहेको बताउदै उहाँले आफ्नाे र वडाकाे तर्फबाट हुने सहयाेग सदैव रहने बताउनुभयो ।

सहभागिहरुले आफुहरुले गर्दै आएको ब्यबसायकाे तरिका थाेरै परिवर्तन गर्न सके मनग्गे आम्दानी हुन सक्ने रहेछ भन्ने कुरा सिकेको बताएका छन् । आफुहरुलाई अनुदान संगै तालिम समेत प्रदान गरेकाेमा सिड संस्थालाई धन्यवाद दिदै उनिहरुले सिकेका कुराहरु ब्यबहामा उतार्ने र समुदायलाई समेत जानकारी गराउने धारणा राखेका छन् ।


सिड संस्थाले आईएम नेपालकाे सहयाेगमा गत बर्ष ६ लाख साठी हजार रुपैयाँ महिला छलफल समूह मार्फत दंगिशरण र शान्तिनगरका बाल बिबाहा तथा लैङ्गिक हिंसाकाे जाेखिमममा रहेकाका समुदायका महिला दिदी बहिनिहरुलाई अनुदानकाे रुपमा प्रदान गरेकाे थियाे भने यसबर्ष १ लाख ६० हजार रुपैयाँ थप गरेकाे छ। महिला समूह मार्फत मुल पुजीं घुम्ती काेषका रुपमा परिचालन गरीएकाे सिड संस्था का कार्यक्रम संयाेक उमेश खरेलले जानकारी दिनुभयो ।

पशु सेवा साखा दंगिशरणका नायव पशु स्वास्थ्य प्राबिधिक एकराज सुवेदी प्रशिक्षक रहेकाे कार्यक्रमको सञ्चालन सीता चाैंधरीले गर्नुभएको थियाे ।Mata manakamana

प्रतिक्रिया

सम्बन्धित खवर