समाचार

एमालेसँग एक्लै चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनेकाे हाे: ओली

काठमाण्डौ, असाेज ८/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै लड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावमा जान बाध्य भएको बताउनु भएको छ ।

राष्ट्रिय युवा सङ्घ, नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । साथै उहाँले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी समेत गर्नु भएकाे छ ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टीले हराउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको दाबी गर्नुभयाे ।

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै देशको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दोहोर्याउनु भयो ।Mata manakamana

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds