दाङ बिशेषबबई गाउँपालिकास्थानीय समाचार
युवा संघ बबईद्वारा क्यान्सर पिडित सोतीलाई आर्थिक सहयाेग

हापुरे, असाेज २२ गते।
दाङको बबई गाउँपालिका ५ का क्यान्सर पिडित दिपक साेति मगरलाई आर्थिक सहयाेग गरिएको छ । युवा संघ बबईकाे सकृयतामा विभिन्न ब्यक्तिहरुबाट संकलित ५५ हजार ४ सय १५ रुपैयाँ पिडितका बुवा आमालाई हस्तान्तरण गरिएको युवा संघ बबईका अध्यक्ष केशव गाहा मगरले जानकारी दिनुभयाे ।
आन्द्रामा क्यान्सर देखिएपछि काठमाडौं टिचिङ अस्पतालमा उपचाररत साेतिकाे उपचारमा रकम अभाव देखिएपछि युवासंघ बबईले रकम संकलनका लागि पहल सुरु गरेकाे थियाे । उपचारका निम्ति अझै रकम अभाव भएको हुदा आम सहयाेगि दाताहरुमा सहयाेगका निम्ति परिवारले अपिल गरेका छन् ।
तपाइको सल्लाह र सुझाव लेख्नुहोस