बबई गाउँपालिका

बबई गाउँपालिकाले भान्सा काेठा, गाेठ र चर्पी पुर्ण रुपमा क्षेति भएका परिवारलाई राहात दिने

हापुरे असाेज २८/ दाङको बबई गाउपालिकाले भान्सा काेठा, गाेठ र चर्पी पुर्ण रुपमा क्षेति भएका परिवारलाई राहात दिने निर्णय गरेकाे छ । बबई गाउँपालिका स्तरिय बिपद ब्यबस्थापन समितिकाे बैठकले प्रकाेप राहात काेष मार्फत गत असाेज १८ गतेदेखि २२ गतेसम्म परेकाे अबिरल बर्षाका कारण भान्सा काेठा, गाेठ र चर्पी पुर्ण रुपमा क्षेति भएका परिवारलाई प्रहरी सर्जिमिन वडा कार्यालयकाे सिफारिसकाे आधारमा प्रति परिवार ५ हजारका दरले राहात रकम उपलब्ध गराउने निर्णय गरेकाे हाे ।

साथै बैठकले बर्षाका कारण घर भत्किएर पुर्ण रुपमा क्षेति पुगेका परिवारलाई स्थानिय प्रहरीकाे राेहबरमा क्षेति बिबरण एकिन गरि राहातका निम्ति जिल्ला प्रशासनमा सिफारिस गर्ने,सार्वजनिक संघसंस्थामा क्षेति पुगेकाे भए सम्बन्धित निकायमा राहतका निम्ति सिफारिस गर्ने निर्णय गरेकाे छ।साथै बैठकले पुरन्धारा देखि जिला जाने बाटाे,कृष्णपुर देखि हुरुम जाने बाटाे,ढाेलपुर देखि मलै जाने बाटाे र पुरन्धारा देखि गंगटे जाने बाटाेमा वर्षा र पहिराेका कारण ढलेका रुखहरुकाे ब्यबस्थापन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने,निर्णय गरेकाे छ भने ट्वाङखाेलामा हेमपाईप राखी ट्वाङखाेला बबरपुर हुँदै गंगटे जाने बाटाे सुचारु गर्न आवश्यक कार्य गर्ने समेत निर्णय गरेकाे छ। त्यस्तै बैठकले बर्षाका कारण घाईते भएर उपचारत बबई ०७ बाठा टाेल बस्ने खुमन बाठा लाई रु १० हजार राहात उपलब्ध गराउने निर्णय गरेकाे छ।

बबई गाउँपालिका अध्यक्ष तथा बिपद ब्यबस्थापन समिति संयाेजक कुल बहादुर खत्रि क्षेत्रीकाे अध्यक्षता तथा बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्काकाे उपस्थितिमा सम्पन्न बैठककाे सहजिकरण बिपद ब्यबस्थापन समिति बबईका सदस्य सचिव भुवन चन्द वालानले गर्नुभएको थियाे ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds

Shares