हापुरेका विभिन्न पाँच स्थानमा जेब्राक्रसिङ निर्माण

हापुरे,असाेज ३० गते। दाङको बबई गाउँपालिका अन्तरगत हापुरेका विभिन्न ५ स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको छ। लायन्स क्लब अफ दाङ बबई छहराकाे आयाेजनमा तुलसीपुर सुर्खेत सडक खण्ड अन्तरगत हापुरेकाे माथिल्लो बजार सहिदगेट देखि सेन्टर बजार,ट्याक्सी पार्क हुँदै हंसपुर जाने बाटाे प्रतिक्षालय सम्म विभिन्न ५ ठाउँमा जेब्राक्रसिङ निर्माण गरिएको लायन्स क्लब अफ दाङ बबई छहराका अध्यक्ष प्रेम बहादुर वलीले जानकारी दिनुभयो ।
चाडपर्वकाे समयमा बजार क्षेत्रमा भिडभाड बढि हुदा हुने सम्भावित दुर्घटना न्युनिकरण गर्न, स्कुले बिधार्थिलाई सहज रुपमा बाटाे काट्ने वातावरण निर्माण गर्न र स्थानिय हरुलाई समेत जेब्राक्रसिङ बाट बाटाे काट्ने बानिकाे बिकास गराउन जेब्राक्रसिङ निर्माण गरिएको हाे ।
तुलसीपुर ९ पुलचाेकमा रहेको पाैडेल हार्डवयरकाे सामाग्री सहयाेग तथा लायन्स क्लब अफ दाङ बबई छहराका युवाहरुकाे सकृयतामा भएकाे जेब्राक्रसिङ निर्माण कार्यक्रममा ट्राफिक प्रहरी हवलदार पुरुषाेतम् न्युपाने,ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुख संगै प्रहरीहरुकाे समेत सहभागीता रहेको थियाे ।