दाङ बिशेषराजनीति

मुख्यमन्त्रीका दाबेदार मास्कि दाङ क्षेत्र नम्बर तिनको प्रदेशसभा दुईमा विजयी

हापुरे: दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश) विजयी हुनु भएको छ । प्रदेशसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहनुभएका मास्कीले २२ हजार ३ सय २१ मत ल्याउनु भएको छ, भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हुकुम बहादुर बस्नेतले २० हजार १ सय ५८ मत ल्याउनु भएको छ ।

मस्कि बस्नेतलाई २ हजार १ सय ६१ मतले पछाडी पार्दै बिजयी हुनुभएको हाे । निर्वाचन कार्यालयले घोषणा गर्न भने बाँकी रहेको छ । मास्कीलाई प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि हेरिएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगप्रसाद शर्माका अनुसार मास्की भन्दा पछि डिभिजन कमाण्डर भएकाहरु कोही मुख्य मन्त्री भइसकेका र कोही मन्त्री भइसकेको अवस्था छ। शर्माले भन्नुभयाे अब मास्की मुख्यमन्त्रीको लाइनमा रहनुभएको छ ।

मास्कीले पहिलो पटक संसदमा प्रवेश गर्ने अवसर पाउनु भएको छ । उहाँ जनयुद्धका चर्चित कमाण्डर समेत हुनुहुन्छ ।
त्यस्तै निर्वाचनमा राप्रपाका भुपाल रावतले ३ हजार ४ सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले ५ सय ६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले ४ सय ५०, दुर्गा बहादुर वलीले २ सय ७८, गणेशबहादुर बस्नेतले १५९ राजन डाँगीले १२०, भुपबहादुर विकले ११८ मत ल्याउनु भएको छ ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds

Shares