अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस बबई गाउँपालिकामा बिबिध कार्यक्रम गरी मनाईदैं

हापुरे: महिला माथि हुने दुर्ववहार बिरुद्धकाे १६ दिने अभियान मुलक अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस बबई गाउँपालिकामा बिबिध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ। बिहिवार गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्काकाे अध्यक्षता, गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीकाे प्रमुख आतिथ्यता, तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलकाे बिशिस्ट आतिथ्यतामा बसेकाे सर्वदलीय बैठकले यस्तो निर्णय गरेकाे हाे ।
लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे शुक्रबार दलित सेवा संघ तुलसीपुर र बबई गाउँपालिकाकाे सहकार्यमा एक कार्यक्रमका बिच ओैपचारीक उद्घाटन गरिने छ भने आउदाे मंसिर २३ गते बबई गाउँपालिकाकाे सभाहलमा कार्यक्रम गरी समापन गरिने बताइएको छ।
१६ दिने अभियान अन्तरगत ९ गते देखि २३ गतेसम्म बबई गाउपालिकाका ७ वटै वडाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम आयाेजना गर्ने बताईएकाे छ। कार्यक्रम सफल पार्नका निम्ति दलित सेवा संघ तुलसिपुर,आइ.एन.एफ नेपाल दाङ शाखा,प्रहरी,संचार संस्था, सञ्चारकर्मी लगायतका साझेदार संघसंस्था र ब्यक्तिसंग समेत सहकार्य गर्ने गाउँपालिकाले बताएको छ।