
तुलसीपुर: दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट लाेकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उमेदवार बन्नुभएका नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित हुनुएकाे छ।
गिरी ३५ हजार ५ सय ७९ मतका साथ निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कोमल वलीले २८हजार २ सय ६६ मत ल्यायाउनुभयाे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार ३०० मत ल्यायाउनु भएकाे थियाे ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उमेदवार बन्नुभएका कमल सुवेदीले प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट आफ्नाे पक्षमा मतदान गर्ने १५३०० मत दिने सम्पूर्ण मतदाता आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू प्रति आभार प्रकट गर्नुभएकाे छ ।
सामाजिक सञ्जाल फेसबुकमा सुवेदीले लेख्नुभएको छ लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय हुँदैन । सुवेदीले चुनाबी प्रतिस्पर्धामा पहिलो हुनु भएका गठबन्धनका साझा उम्मेदवार दिपक गिरीलाई हार्दिक बधाई तथा सफलताको शुभकामना समेत ब्यक्त गर्नुभएको छ !!
गिरी निर्वाचित भएपछि नेकपा एमालेका तर्फबाट उमेदवार बन्नुभएका कोमल वली र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उमेदवार बन्नुभएका कमल सुवेदीले प्रतक्ष भेटेरै बधाई तथा सफल कार्यकाकालकाे शुभकामना दिनुभएको छ।