बबई गाउँपालिकासमाचारस्थानीय समाचार
शनिवारका दिन पसलहरु बन्द गर्न उधाेग बाणिज्य संघ हापुरेकाे अनुराेध

हापुरे: हापुरे उधाेग बाणिज्य संघ हापुरेले सातामा १ दिन पसल बन्द गर्न सम्पूर्ण ब्यबसायीहरुलाई अनुराेध गरेकाे छ। हापुरे उधाेग बाणिज्य संघ हापुरेका अध्यक्ष टिकाराम खत्रीले एक प्रेस बिज्ञप्ती जारी गर्दै हप्तामा १ दिन शनिबारका दिन पसल ब्यबसाय बन्द गर्न अनुराेध गर्नुभएको हाे ।
उधाेग बाणिज्य संघकाे निर्णय बमोजिम बिगत लामाे समयदेखि शनिबारका दिन पसल ब्यबसाय बन्द गर्ने गरेकाे भएपनि अधिकांस पसलहरु सनिवार समेत खुल्ने गरेकाे गुणासाे आएकाे हुदा शनिबारका दिन अनिवार्य पसल बन्द गर्न अध्यक्ष खत्रीले सबै ब्यापारीहरुलाई अनुराेध गर्नुभयाे ।
तपाइको सल्लाह र सुझाव लेख्नुहोस