दाङ बिशेषबबई गाउँपालिका

संगिना सांस्कृतिक समूहद्वारा पर्यटकीय क्षेत्र धागे छहरा परिसर सरसफाइ

हापुरे: बबई गाउँपालिका स्तरीय संगिना सांस्कृतिक समुह बबई द्वारा दाङको बबई गाउँपालिका ४ मा रहेकाे धागेछहरा परिससर सरसफाइ गरिएको छ। तिहारमा देउसि भैलाे खेलेर उठेको रकमको केही प्रतिशत रकमले पिक्निक मनाउने उदेश्य सहित धागेछहरा परिसर पुगेकाे समुहले धागेछहरा परिसर फाेहर देखेपछि सरसफाइ गरेको संगिना सांस्कृतिक समुह बबईका अध्यक्ष पुस्करराज पाैंडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय पर्यटन संगसंगै पिक्निकका लागि सामेत सयाैंकाे संख्यामा दाङ र सल्यानका विभिन्न स्थानबाट प्रयटकहरु पुग्ने धागेछहरा प्राकृतिक रुपमा निकै सुन्दर रहेको भएपनि यसकाे उचित ब्यबस्थापनमा ध्यान दिन आवश्यक रहेको संगिना सांस्कृतिक समुह बबईका काेषाध्यक्ष सन्तबिर सुनारले बताउनुभयो ।

धागेछहरामा पछिल्लो समय शैक्षिक भ्रमण, पिक्निक संगसंगै टिकटक बनाउनेहरुकाे समेत भिड हुन्छ। छहरा परिसरमा पिक्निक पश्चात् भएको फाेहरलाई उचित ब्यबस्थापन गर्न नसक्दा छहराकाे साैन्दर्यता हेर्न आउनेहरुले अप्ठ्यारो महसुस गर्ने हुदा सरसफाइमा ध्यान दिनुपर्ने संगिना सांस्कृतिक समुह बबईका सदस्य तथा स्वास्थ्यकर्मी डा. शेर बहादुर वलीले बताउनुभयो ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds

Shares