दाङ बिशेषबबई गाउँपालिका
लैंगिक हिंसा विरुद्धको साेह्र दिने अभियान अन्तरगत बबई तीन र चारमा अभिमुखीकरण

हापुरे: लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सोमबार बबई गाउँपालिकाकाे वडा नम्बर ३ र ४ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बबई गाउँपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयाेजनाममा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
गत शुक्रबार दलित सेवा संघ तुलसीपुर र बबई गाउँपालिकाकाे सहकार्यमा एक कार्यक्रमका बिच ओैपचारीक उद्घाटन गरिएकाे १६ दिने अभियान गाउपालिकाका ७ वटै वडाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम आयाेजना गर्ने तयारी रहेकोे बताएको छ।
- बबई गाउँपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयाेजनाममा दलित सेवा संघ दाङ, इलाका प्रहरी कार्यालय हापुरे र आईएनएफ नेपाल दाङ शाखाकाे समन्वयमा सञ्चालन भैरहेको अभियानकाे आउदाे मंसिर २३ गते बबई गाउँपालिकाकाे सभाहलमा कार्यक्रम गरी समापन गरिने बबई गाउँपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख इश्वरा रावतले जानकारी दिनुभयो ।
तपाइको सल्लाह र सुझाव लेख्नुहोस