दाङ बिशेषसमाचार

लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालय स्थायी राजधानी दाङमा सर्‍यो

दाङ: लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको कार्यालय सारिएको छ । गएराती अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्रीको कार्यालय देउखुरीमा सारिएको हो ।Manakamana dentalबुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु गएराती तीन वटा ट्रकमा सारिएको जनाइएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री कार्यालय सारेपछि अब मुख्यमन्त्रीको कामकाज स्थायी राजधानीबाटै गर्नुहुनेछ ।

मुख्यमन्त्री कार्यालय स्थानान्तरणका लागि देउखुरीमा रहेको भवन मर्मत गरिएको थियो। स्थायी राजधानी कार्यान्वयनका लागि मुख्यमन्त्री केसीले केहि दिन देखि देउखुरीमै बसेर तयारी गरिरहनु भएकाे थियाे ।

नव निर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ पनि स्थायी राजधानीमै गर्ने गरी प्रदेश सरकारले तयारी गरेको छ। मुख्यमन्त्री कार्यालय स्थानान्तरण भएपछि अब मन्त्रालयहरु पनि यसै महिना भित्रै सारी सक्ने प्रदेश सरकारको तयारी छ ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds

Shares