बिबिधसमाचारस्थानीय समाचार

गाउँपालिका स्तरीय अपाङ्ग सम्वनय समितिकाे बैठक हापुरेमा सम्पन्न

हापुरे, साउन २९ गते । अपाङ्गता भएका ब्यक्तिहरुलाई राहात मात्रै नभएर सहज जिवनयापनका बाटाेमा समेत लाग्न प्रेरित गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जाेड दिएका छन् । बबई गाउँपालिकाकाे हापुरेमा आयाेजित गाउपालिका स्तरिय अपांग सम्वनय समितिकाे बैठकमा सहभागीहरुले अपाङ्गता भएका ब्यक्तिहरुकाे समुदाय स्तरबाटै पहिचान गरि उनिहरुलाई उचित उपचार संगैं सीप मुलक ब्यबसाय संग समेत जाडेर जीवन यापन सहज बनाउन तर्फ लाग्नुपर्नेमा जाेड दिएका हुन् ।

नेपाल रेड्क्रस साेसाईटी इनकाेर परियाेजनाकाे आयाेजना तथा बबई गाउँपालिकाकाे सम्वनयमा हापुरेमा आयाेजित बैठकमा अपाङ्गता भएका ब्यक्तिहरुकाे अवस्था,अपाङ्गता भएका ब्यक्तिहरुका बारेमा काम गर्ने संघसंस्थाहरुकाे अवस्था,गाउँपालिकाबाट अपाङ्गता भएका ब्यक्तिहरुकाे क्षेत्रमा गरिएका कार्यक्रम तथा सेवा सुविधाहरु, अपाङ्गता भएका ब्यक्तिहरुका लागि काम गर्दा देखा पर्ने समस्या तथा चुनाैतीहरु लगायतका बिषयमा छलफल गरिएको थियाे ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds