हंसपुर, जेठ ४ गते ।

दाङको बबई गाउँपालिका वडा नम्बर ३ मा रहेको पुरन्धारा एकेडेमी प्रा.लिमा विद्यालय स्तरीय जुनियर रेडक्रस सोसाइटी, इको क्लब र बाल क्लब गठन भएको छ। विद्यालयमा बिमलराज ओलीको अध्यक्षतामा ५२ सदस्य विद्यालय जुनियर रेडक्रस सोसाइटी, टिका वलीको अध्यक्षतामा ९ सदस्य इको क्लब र सुष्मा केसीको अध्यक्षतामा ९ सदस्य बालकलब गठन गरिएको विद्यालयले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी पञ्चकुले उपशाखाका सभापति जुद्धवीर खाम्चा र निवर्तमान सभापति नन्दलाल ओलीको उपस्थितिमा जुनियर रेडक्रस सोसाइटी गठन भएको हो । जुनियर रेडक्रस सोसाइटीको संरक्षकमा विद्यालयका प्रिन्सिपल डिल्ली वहादुर सुनार रहनुभएको छ। त्यस्तै शिक्षक नायकमा हरिकला डाँगी, शिक्षक सहनायकमा रोमहर्ष कवर रहनु भएकाे छ। विद्यालय स्तरीय जुनियर रेडक्रस साेसाइटीकाे उपाध्यक्षमा निशा ओली, सचिवमा अजय बिक, सहसचिवमा प्रज्वल केसी र कोषाध्यक्षमा प्रकृति केसी रहनुभएको छ। विद्यालय स्तरीय जुनियर रेडक्रस सोसाइटीले विद्यालयमा मानवीय सहायताका कार्यक्रमहरु सञ्चालन गर्न नेतृत्व गर्नेछ।

त्यस्तै विद्यालय स्तरीय इको क्लबको शिक्षक संरक्षकमा बसन्त भुसाल र पवित्रा केसी रहनुभएको छ। इको क्लबको उपाध्यक्षमा तिलक ओली, सचिवमा आँसु वली रहनुभएको छ। इको क्लबले विद्यालयमा वातावरणीय सरसफाइ, स्वच्छता, खानेपानी, वृक्षारोपण लगायतका कार्यक्रमहरूमा नेतृत्व गर्ने बताइएको छ। त्यस्तै बाल क्लबको शिक्षक संरक्षकमा सन्जु केसी रहनुभएको छ भने बाल क्लबको उपाध्यक्षमा शंकर केसी, सचिवमा आतिथ्य डाँगी, सहसचिवमा कमला बस्नेत र कोषाध्यक्षमा काजल परियार रहनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर