
काठमाण्डौं, असाेज ५
साहित्यकाे विकास र विस्तार गर्ने एक सशक्त समूह साहित्यिक चाैतारी नेपालले बालबालिका लक्षित कार्यक्रम गर्ने भएको छ। साहित्यिक चाैतारी नेपालद्वारा बालबालिका लक्षित `रचना वाचन तथा बाल साहित्य विमर्श´ कार्यक्रम आयाेजना गर्न लागेको साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष गीता भण्डारीले जानकारी दिनुभयाे ।

आज बेलुका ६:०० बजे Zoom एप मार्फत साहित्यिक चाैतारी नेपालकाे पेजद्वारा फेसबुक लाइभ मार्फत आयाेजना हुने कार्यक्रममा १५ जना बाल प्रतिभाहरूले प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम छ भने वक्ताका रूपमा साहित्यिक चाैतारी नेपालका केन्द्रीय वरिष्ठ सल्लाहकारहरू प्रा. डा. भीम खतिवडा,डा. देवी नेपाल एवं चाैतारीको सल्लाहकार प्रभा आचार्य समेतलाई सुन्न सकिने महासचिव रामप्रसाद सुवेदी संगमले जानकारी दिनुभयो ।