हापुरे, असार १६ गते ।

दाङको बबई गाउँपालिका वडा नं ४ मा सञ्चालित पिपुल्स ल्याण्ड सेकेन्डरी इङ्लिस बोर्डिङ स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको छ। साेमबार बिद्यालयमा आयाेजित एक कार्यक्रमका बीच २०८१ सालकाे एसईई परिशक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने २८ जना बिद्यार्थीहरुलाई उनिहरुकाे उज्ज्वल भविष्यकाे कामना सहित टीका,खादा माला सहित सम्मान गरिएको छ भने बिद्यालयकाे तर्फबाट मायाकाे चिनाे समेत प्रदान गरिएको थियाे ।

राष्ट्रिय परिक्षा बाेर्डले गत शुक्रबार प्रकाशन गरेकाे नतिजा अनुसार बिद्यालयकी ऋतु पौडेलले फोर जीपीए (4.00) ल्याएर विद्यालयको गौरव बढाएकी छिन् । बिद्यालयकी अजनबी पौडेलले ३.९२ जीपीए प्राप्त गरेकी छिन् भने दिनेश ओलीले ३.९१ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट एसईईमा सहभागी २८ जना बिद्यार्थी मध्य शतप्रतिशत उतिर्ण भएका छन् । नतिजा अनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या १४ जना रहेकाे छ। त्यस्तै ३.२० देखि ३.५९ जीपीए विद्यार्थीको संख्या १४ जना रहेकाे छ ।

शिक्षा विकास तथा समन्वय इकाई दाङले सार्वजनिक गरेको तथ्यांक अनुसार, जिल्लाभर सामुदायिक र संस्थागत गरी जम्मा २६ जनाले फोर जीपीए प्राप्त गरेकाेमा पश्चिम दाङको दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा फोर जीपीए ल्याउने एकमात्र विद्यालय पिपुल्स ल्यान्ड सेकेन्डरी इङ्लिस बोर्डिङ स्कूल रहेको छ। कार्यक्रमका अवसरमा उत्कृष्ट नतिजा ल्याउन भुमिका खेलेको भन्दै ६ जना शिक्षकहरू लाई समेत विद्यालय व्यवस्थापन समितिले सम्मान गरेको छ ।

कार्यक्रमकै अवसरमा बिद्यालयका प्रिन्सिपल मान बहादुर डाँगीले यसअघि व्यक्तिगत रूपमा घोषणा गर्नुभएको पुरस्कार पनि प्रदान गरिएको छ। प्रिन्सिपल डाँगीले प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः नगत रु ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्नुभएको हाे ।

विद्यालयका प्रिन्सिपल मान बहादुर डाँगीकाे अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञान प्रसाद आईतवारेकाे प्रमुख आतिथ्यता तथा शिक्षक अभिभावक संघका अध्यक्ष निम बहादुर डाँगीकाे बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू चन्द्र बहादुर डाँगी र तुलसीराम सुवेदी,शिक्षक, अभिभावक तथा कक्षा ९ र १० मा अद्यनरत बिद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे ।

विद्यालयका सहायक प्रिन्सिपल विष्णुप्रसाद भण्डारीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन बिद्यालयका शिक्षक महेन्द्र खरालले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर