प्रविधिभिडियोमनोरञ्जनराजनीतिविचारविदेशस्थानीय समाचार

बबईका कर्मचारीद्वारा गाउँपालिकाकाे प्रशासनिक भवन परिसर सरसफाई

हापुरे, साउन १९गते। दाङको बबई गाउँपालिकाका कर्मचारीहरुले गाउँपालिकाकाे प्रशासनिक भवन परिसरमा सरसफाइ गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलकाे नेतृत्वमामा कर्मचारीकाे टाेलीले गाउँपालिकाकाे प्रशासनिक भवन परिसरमा सरसफाइ गरेका हुन् ।

भर्खरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनुभएका रावलले सरसफाइ कार्यक्रममा सहभागी हुदैं कार्यालय परिसर पनि घरकाे आँगन जस्तै भएको हुदा घरकाे सरसफाइ गर्ने दाइत्व परिवारकाे भए जस्तै कार्यालय पनि सफा र सुन्दर राख्ने दाइत्व आम कर्मचारीकाे रहेको बताउनुभयो ।

गाउँपालिकाकाकाे सरसफाईमा आफू सहित कर्मचारीलाई समेत सहभागी गराई आम नागरिकलाई समेत सरसफाइ गर्न प्रेरित गर्न खाेजिएकाे उहाँको भनाई थियाे । सरसफाइ कार्यक्रमलाई निरन्तर अगाडि बढाउने बताउदै रावलले गाउँपालिका बासिकाे हितका निमित्त सबैसंग छलफल र सहकार्य गरेर अन्य काम कुरामा अगाडि बढ्ने समेत बताउनुभयो ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds