हापुरे, फागुन १५ गते।

४१ ओैं मगर स्थापना र दिवसका अवसरमा हापुरेमा बिबिध सांस्कृतिक कार्यक्रमकाे आयाेजना हुने भएको छ। आज हापुरेकाे साझा फुलबारीमा नेपाल मगर संघ बबईकाे आयाेजनामा ४१ ओैं मगर स्थापना र दिवसका अवसरमा बिबिध सांस्कृतिक कार्यक्रम आयाेजना गरिएको कार्यक्रमका प्रचारप्रसार संयाेजक प्रेम बहादुर राम्जा मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुकाे समेत उपस्थिति रहने बताएको छ। कार्यक्रमका चर्चित लाेकदाेहाेरी गायिका जानकी तारामी मगर र गायक प्रेम बिवस घर्ती मगरले प्रस्तुति दिने गरि तयारी गरिएको छ। कार्यक्रममा मयुर नाच, घाटु नाच संगै स्थानिय मगर संस्कृति झल्किने प्रस्तुति समेत रहने आयाेजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर