
काठमाडौं फागुन २६ गते ।
गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ । प्रहरीका ८ एआईजीमध्ये पाँच एआईजीका पद रिक्त थिए । सोही रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

एआईजी पूजा सिंहसहित अवकाश पाउने पाँच जना एआईजीले नै ५६ वर्षे उमेर हदका कारण अवकाश पाएका थिए । अवकाशका कारण साउनदेखि फागुनसम्ममा ५ एआईजी रिक्त भइसकेका थिए ।
वढुवा सिफारिस हुनेहरुमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्य रहनुभएकाे छ। उहाँहरू एकसाथ ८ असारमा एसएसपीबाट डीआईजीमा बढुवा हुनुभएको थियाे ।
उहाहरूलाई गृह सचिवको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा बढुवा सिफारिस भएका पाँचमध्येबाटै ११ चैतपछि नेपाल प्रहरीको आईजीपी बन्नुहुने छ।