हापुरे, चैत २८ गते। 

दाङको बबई गाउँपालिका वडा नम्बर ५ काे पुर्वहापुरेमा रहेको प्रगतिशिल आधारभुत बिधालयमा ICT LAB / LMS System काे उद्घाटन गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत प्राप्त भएकाे उपकरणकाे बिधालयले आयाेजना गरेकाे अभिभावक भेला तथा नतिजा प्रकाशन कार्यक्रमकाे अवसरमा लुम्बिनी प्रदेशका सांसद धन बहादुर मास्कि राजेशले उद्घाटन गर्नुभएको हाे ।कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेशका सांसद धन बहादुर मास्कि राजेशले नेपाल सरकारकाे तर्फबाट शिक्षा नितिमा कमजोरी नगरेको बताउनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मास्किलेसमग्र आफ्नो निर्वाचन क्षेत्रभित्रका बिधालयका कक्षा काेठा अभाव, खाजा अभाव, शिक्षक अभाव लगायतका बिषयमा आफू जानकार रहेको बताउदैं आफुले सरकारका तर्फबाट गर्न सक्ने सहजिकरण गर्न तयार रहेको बताउनुभयो। उहाँले जनप्रतिनिधि भनेकै हरेक क्षेत्रमा जनतालआफु सहजिकरण गर्ने ब्यक्ति भएको समेत बताउनुभएको छ ।

प्रगतिशिल आधारभुत बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जित बहादुर ढेङ्गाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७ जना उत्कृष्ट बिधार्थि र उनिहरुका अभिवाक तथा ४ जना अनुशासित शिक्षकहरूलाई समेत सम्मान नगत सहित पुरस्कृत गरिएको थियाे ।

बिधालयका प्रधानाध्यापक जित बहादुर खत्रीले सहजिकरण गर्नुभएको कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष हर्क बहादुर श्रीस मगर, पुर्वहापुरे सामुदायिक बन उपभोक्ता समुहका सचिव कृष्णबहादुर वली, बबई ५ का समाजसेवी टेक बहादुर खत्री, आधारभुत बिधालय खयरभट्टीका प्रधानाध्यापक कुम्भकर्ण खत्री लगायतले बाेल्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर