
हापुरे, भदौं ९ गते ।
नृत्य बिधाको दाङ जिल्ला स्तरीय प्रतियोगिता दाङ डान्स च्याम्पियनको कौशिलापुर अडिसन बबई गाउँपालिकाको वडा नम्बर ६ कौशिलापुरमा सम्पन्न भएको छ । केआईए मिडिया हाउसको आयोजनामा पहिलो चरणको तेस्रो अडिशन कौशिलापुरमा सम्पन्न भएको हो ।

दाङका बिभिन्न ठाउँमा अडिसन गर्ने तयारी रहेको दाङ डान्स च्याम्पियनको कौशिलापुर अडिसनमा १ सय ३७ जना जना प्रतियोगी सहभागी भएको दाङ डान्स च्याम्पियनका कार्यक्रम संयोजक अर्जुन परियारले जानकारी दिनुभएको छ । कौशिलापुर अडिनबाट ७१ जना दोस्रो चरणका लागी छनौट भएका छन। उनिहरु दोस्रो चरणका लागी प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता अडिशन राउन्ड, दोस्रो राउन्ड, ब्याटल राउन्ड, सेमिफाइनल राउन्ड र फाईनल राउन्ड गरी ५ चरणमा सम्पन्न गर्ने तयारी आयोजकले गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगत ७७ हजार ७ सय ७७ रुपैयाँ सहित २४ इन्चको टेलिभिजन , दोस्रो हुनेले ५५ हजार ५ सय ५५ तेस्रो हुनेले ३३ हजार ३ सय ३३ चौथो र पाचौं हुनेले ११ हजार १ सय ११ रुपैयाँ सँगै अन्य थुप्रै पुरस्कारहरु प्राप्त गर्ने आयोजकले बताएको छ ।