दाङ, भदौ २१ गते ।

नेपाल सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गरेपछि आउँदो भदौ २७ गतेदेखि दशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म अभिमन्यु’को निर्माण युनिटले प्रचारप्रसारको नयाँ शैली अपनाएको छ।

फिल्म निर्माण पक्षले कलाकारहरूसहित टिकटक लाइभमा बसेर प्रचार अभियान सुरु गरेको हो। निर्माण युनिटका अनुसार सामाजिक सञ्जाल बन्दले परम्परागत प्रवर्द्धनमा चुनौती भए पनि नयाँ माध्यम प्रयोग गरेर दर्शकमा फिल्मबारे उत्साह जगाउने प्रयास गरिएको छ।

फिल्म ‘अभिमन्यु’मा समसामयिक कथावस्तु समेटिएको छ भने यसमा स्थापित कलाकारहरूको अभिनय रहेको निर्माण पक्षले जनाएको छ। चलचित्र आउँदो भदौ २७ गतेदेखि दशभर प्रदर्शनमा आउन लागेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर