
हापुरे, असाेज ५ गते ।
दाङको बबई गाउँपालिकाकाे हापुरे बजारमा चाेरी भएको छ। गयराति वडा नं ४ काे तल्लो बजारमा सञ्चालित ओमगङ्गा कोल्डड्रिङ्समा पसलको सटर फोडेर चोरी भएको पसलका सञ्चालक ओविराम सुवेदीले बताउनुभएको छ।

पसलबाट यति नै चोरी भयो भनेर यकिन गर्न नसके पनि महँगो खालको मदिरा, सुन र नगद रुपैयाँ गरी करिब ४ लाख रुपैयाँ बढीकाे क्षति भएको सञ्चालक सुवेदीले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक देवबहादुर केसीले घटनाबारे जानकारी पाएपछि आफूहरू घटनास्थल पुगेर घटना स्थलको निरीक्षण गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभएको छ।